बनेपा नगरपालिका बुडोल स्थित संयुक्त ड्राईभिङ ट्रायल सेन्टरले प्रशिक्षार्थीहरुको मन जित्दै
बनेपा / 'सडकमा सुरक्षित चालक उत्पादन गर्नु हाम्रो लक्ष्य ' भन्ने नाराका साथ संचालनमा आएको संयुक्त ड्राईभिङ ट्रायल सेन्टरले छोटो समयमा धेरै प्रशिक्षार्थीहरुको मन जित्न सफल भएको छ ।
बनेपा नगरपालिका वडा नं ६ स्थित माता उग्रचण्डी पेट्रोल पम्प नजिकै रहेको संयुक्त ट्रायल सेन्टरले विद्यार्थीहरूलाई केवल गाडी, मोटरसाइकल चलाउन मात्र होइन, सुरक्षित ढंगले कसरी जिम्मेवार चालक बन्ने भन्ने विषयमा समेत विशेष ध्यान दिँदै आईरहेको छ । प्रशिक्षार्थीहरुको सन्तुष्टी नै हाम्रो पहिलो चाहना हो । हामी तालिम लिने प्रत्येकलाई आत्मविश्वासका साथ चालक परिक्षामा सफल बनाउने प्रयास गर्छौं।” सयुक्त ड्राईभिङ ट्रायल सेन्टरका प्रवन्ध निर्देशक गणेश पराजुली बताउँछन् । यस सेन्टरमा प्रशिक्षण लिने धेरै प्रशिक्षार्थीहरूको अनुभवअनुसार, प्रशिक्षकहरू धैर्यशील, सहयोगी र व्यवहारमैत्री छन् ।
आधुनिक गाडी, सैद्धान्तिक–व्यावहारिक कक्षाको संयोजन, समयपालन र अनुशासनयुक्त तालिमले गर्दा सेन्टरले छोटो अवधिमै विश्वासिलो छाप बनाउन सफल भएको छ । प्रशिक्षार्थीहरूलाई सजिलो बनाउन सेन्टरले तालिम समय, आवश्यक सहयोग र निरन्तर मार्गदर्शन उपलब्ध गराउँदै आएको छ ।“हामी चाहन्छौं, यहाँबाट निस्कने प्रत्येक चालकले सुरक्षित यात्राको संस्कृतिलाई अघि बढाओस्,” प्रवन्ध निर्देशक पराजुली भन्छन, “त्यही कारण हाम्रो लागि प्रमाणपत्रभन्दा पनि प्रशिक्षार्थीको सन्तुष्टी ठूलो उपलब्धि हो।”
ताजा समाचार
नवप्रतिभा माध्यमिक विद्यालयको ३८औँ वार्षिकोत्सव, संस्थापकदेखि सहयोगीसम्म सम्मान
६ दिन अगाडि
‘विन्टर क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी
१६ दिन अगाडि
युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
१९ दिन अगाडि
धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा
मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट
को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?