पनौती नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
काभ्रे । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूलनाराका साथ काभ्रेको पनौती नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
पनौती नगरपालिका नगर शिक्षा समितिको आयोजनामा आज १५ गते देखि सुरु भएको उक्त १७ गते सम्म सञ्चालन हुने भएको छ । काभ्रे जिल्लाको पनौती नगरपालिका–७ स्थित रङ्गशालामा सुरु भएको उक्त प्रतियोगिताको नगर उपप्रमुख गिता बञ्जाराले उद्धाटन गरेकी छिन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । २०८१ सालमा जस्तै यसपटक पनि पनौतीले जिल्लामै पहिलो स्थान कायम राख्दै अब प्रदेश र राष्ट्रमै उत्कृष्ट बन्ने विश्वास व्यक्त गरीन् । उनले खेलकुदलाई नगरपालिकाले प्रतिभा पहिचान र विकासको आधार मान्दै अभिभावकको भूमिकामा रहेर निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत गरेकी छिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले अघिल्लो वर्षजस्तै यस वर्ष पनि नगरले प्राथमिकताका साथ तयारी गरेको भन्दै पनौतीले पुनः उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका निर्देशक प्रणराज न्यौपानेले विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताए । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता निर्देशक समितिका सदस्य भरत रावलका अनुसार यस वर्ष प्रतियोगितामा ४ सय ९ खेल, १ हजार १ सय ३९ विद्यार्थी, तथा ३९ विद्यालयको सहभागिता रहेको बताए । उनले तिनदिन सम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कवड्डी लगायतका खेल हुने बताए ।
उद्घाटन कार्यक्रममा एनसीसीको मार्च पास, तेक्वान्दो डेमो सेसन तथा राष्ट्रपति रनिङशिल्ड प्रदर्शनी समेत गरिएको थियो । उद्धटान सत्रमा पनौती नगरपाकिलाका वडा अध्यक्षहरू, नगरका शाखा प्रमुख, शिक्षक संघ–संगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूको सहभागिता थियो ।
ताजा समाचार
नवप्रतिभा माध्यमिक विद्यालयको ३८औँ वार्षिकोत्सव, संस्थापकदेखि सहयोगीसम्म सम्मान
६ दिन अगाडि
‘विन्टर क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी
१६ दिन अगाडि
युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
१९ दिन अगाडि
धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा
मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट
को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?