युवा नेता पाण्डेद्वारा ६० विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामग्री वितरण
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–५ स्थित श्री सेतीदेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरिएको छ।
सामाजिक सेवामा सक्रिय युवा नेता रोशन पाण्डेले विद्यालयमै आयोजना गरिएको विशेष कार्यक्रममा सामग्री हस्तान्तरण गरेका हुन्। विगतदेखि नै विभिन्न सामाजिक तथा शैक्षिक अभियानमा अग्रसर पाण्डेले विद्यालयका बालबालिकाको शैक्षिक यात्रालाई सहज र उत्साहपूर्ण बनाउन आफू निरन्तर प्रतिबद्ध रहेको बताए। समाजका चुनौतीपूर्ण परिस्थितिमा रहेका बालबालिकालाई सशक्त बनाउनु आफ्नो दायित्व भएको बताउँदै उनले आगामी दिनमा पनि विद्यालय तथा समुदायसँग मिलेर अझ प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। न्यानो कपडा र खेलकुद सामग्री पाएपछि विद्यार्थीहरू निकै खुसी र उत्साहित देखिएका थिए।
विद्यालय प्रशासनले युवा नेता पाण्डेको योगदानले बालबालिकाको आत्मविश्वास बढ्नुका साथै अध्ययन र खेलकुद दुवै क्षेत्रमा उनीहरूको सहभागिता थप सबल हुने विश्वास व्यक्त गरेको छ।
ताजा समाचार
नवप्रतिभा माध्यमिक विद्यालयको ३८औँ वार्षिकोत्सव, संस्थापकदेखि सहयोगीसम्म सम्मान
६ दिन अगाडि
‘विन्टर क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी
१६ दिन अगाडि
युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
१९ दिन अगाडि
धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा
मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट
को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?