Flash news बनेपा नगरपालिकाद्वारा विपद् व्यवस्थापन सशक्त बनाउन उद्धार सामग्री हस्तान्तरण     दुर्गेश थापा र सिसन बाँनियाको नयाँ गीत ‘जाने भए जाम माया’ सार्वजनिक     रोटरी क्लब अफ काभ्रे भ्यालीको अध्यक्षमा मनिषा श्रेष्ठ    

किसानलाई गहुँ भित्र्याउने चटारो

 तराईलाई अन्नभण्डारको रूपमा लिइन्छ । यतिबेला तराईका जिल्ला रुपन्देही, दाङ, बाके, बर्दियालगायतका जिल्लामा गहुँ भित्र्याउने समय भएको छ ।

कोही घर परिवारकै सदस्य मिलेर परम्परागत ढंगले काटेर खेतमा थुपार्न थालेका छन् भने कोही आधुनिक कृषि औजारको प्रयोगबाट गहुँ भित्र्याउन लागिपरेका छन् । 


कृषिमा यन्त्रीकरण बढ्दै गएपछि यहाँका किसानले रिपर र कम्पाइनको प्रयोग गरी गहुँ भित्र्याउने गरेका छन् । आधुनिक कृषि औजारको प्रयोगले कृषि कार्य सजिलो हुँदै गएको किसान बताउँछन् । 


‘हँसियाले गहुँ काट्दा समय बढी लाग्छ । शारीरिक श्रम पनि उत्तिकै पर्छ । रिपरले एउटै व्यक्तिले एक दिनमा एक बिघासम्म काट्न सक्छ । कम्पाइनले काट्दा गहुँ थ्रेसिङ पनि सँगै हुन्छ,’ किसानले भने ।


गहुँ खेतीका लागि अनुदान तथा सिँचाइको व्यवस्था पनि गरिएपछि गहुँ खेती विस्तार हुँदै गएको छ । यस वर्ष गहुँ बाली राम्रै देखिएकाले उत्पादन बढ्ने अनुमान गरिएको बिज्ञ बताउछन्  ।

photo
photo
photo
photo
photo