Flash news बनेपा नगरपालिकाद्वारा विपद् व्यवस्थापन सशक्त बनाउन उद्धार सामग्री हस्तान्तरण     दुर्गेश थापा र सिसन बाँनियाको नयाँ गीत ‘जाने भए जाम माया’ सार्वजनिक     रोटरी क्लब अफ काभ्रे भ्यालीको अध्यक्षमा मनिषा श्रेष्ठ    

मध्यमार्ग कृषि सहकारीद्वारा कृषकहरुलाइ कृषि यन्त्र वितरण

सन्जिला सापकोटा

पनौती / काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ८ मा सञ्चालित मध्यमार्ग कृषि सहकारी संस्थाले पनौती वडा नं ४ र ८ का कृषकहरूलाई आधुनिक कृषि यन्त्र वितरण गरेको छ ।कृषि ज्ञान केन्द्र काभ्रेको ५० प्रतिशत अनुदानमा यन्त्र वितरण गरेको हो ।

बुधबार एक कार्यक्रमकाबीच उक्त यन्त्र कृषकहरूलाई वितरण गरेका हुन् ।उक्त कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले परम्परागत कृषि व्यवसायलाई आधुनिकरणमा बदलेर आम्दानी बृद्धि गर्नुपर्ने बताए ।आधुनिक कृषि व्यवसायले आम्दानी बृद्धि गरी कृषकको आर्थिक रुपले सक्षम बनाउने भण्डारीको भनाई छ ।कृषकको आर्थिक उपार्जन बृद्धिका लागि कृषि शाखा मार्फत नगरले विभिन्न कार्यक्रम ल्याएकोले नगरपालिकासँग सहकार्य गर्न भण्डारीले कृषकलाई आग्रह गरे ।

सहकारीले १५ जना कृषकलाई हाते ट्राक्टर, एक सय जना कृषकलाई बिषादी छर्ने स्प्रे, एक हजार जनालाई प्लाष्टिक टनेल र १० जनालाई मल्चीङ वितरण गरेको सहकारी संस्थाका अध्यक्ष प्रदिप केसीले जानकारी दिए ।सबै कृषकहरूलाई ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरेको उनको भनाई छ ।कृषि सामग्री वितरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिता बञ्जरा, वडा नं। ८ का वडाध्यक्ष वेद प्रसाद बञ्जरा, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, महासंघका सचिव कपिल कोईराला लगायतका उपस्थिती रहेका थिए ।
 

photo
photo
photo
photo
photo