दुबइमा तीज विशेष कार्यक्रम सम्पन्न
युनाइटेड अरब इमिरेट्सको ( दुबइ )को आजमन स्थित लालमहल नेपाली होटलले तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
होटलका संचालक सालिक केसीले दुबईमा कामदारको रुपमा बस्दै आएका करिब २०० भन्दा बढि नेपाली दिदिबहिनीहरुलाइ निमन्त्रणा गर्दै दर खुवाउने तथा नाचगान कार्यक्रम गर्नु भएको हो । तीज बिशेष कार्यक्रममा काभ्रे लोक दोहोरी प्रतिस्ठान काभ्रेका सचिब लोक गायक वाइ पि घिमिरे, बिजेन्द्र चौलागाईं, गायिका जिबनकला निरौला, रुपा ढकाल, सिरु शर्मा, मिरा अधिकारीलगायतले लोकदोहोरीको गित प्रस्तुति गर्नु भएको होटल संचालक सालिक केसिले जानकारी दिनुभयो ।
१३ बर्षदेखि निरन्तर दुबईमा रहेर होटल ब्यवसाय संचालन गर्दै आउनुभएका केसिले सालिन्दा तीज विशेष कार्यक्रम अनि सामाजिक सांस्कृतिक कार्य गर्दै सनातन धर्म र संस्कृतिको संरक्षण एवम् सम्वद्र्धनमा योगदान पुराउँदै आइरहनु भएको छ । विदेशी भूमिमा आफ्नो मौलिक चाड एकसाथ बसेर मनाउन पाँउदा उपस्थित सबै दिदिबहिनीहरुले खुशी व्यक्त गर्नु भएको थियो ।संसारको जुनै कुनै कुनामा पुगे पनि नेपालीहरु आफ्नो सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व बोक्दै चाडपर्वलाई जीवन्तता प्रदान गर्ने भएकोले यस प्रकारका पर्वले विदेशी भूमिमा पर्वोत्सव थप्न सहयोग पुग्ने होटल सञ्चालक केसीले जानकारी दिनुभयो ।
ताजा समाचार
नवप्रतिभा माध्यमिक विद्यालयको ३८औँ वार्षिकोत्सव, संस्थापकदेखि सहयोगीसम्म सम्मान
६ दिन अगाडि
‘विन्टर क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी
१६ दिन अगाडि
युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
१९ दिन अगाडि
धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा
मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट
को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?