‘होली सररर’ गीतमा आर्यन सिग्देल र बिना राउतको विशेष प्रस्तुति
काभ्रे / गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् ।
गीतमा समीक्षा अधिकारी र रुद्रसेनको स्वर छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियो ओम प्रसाईले छायांकन गरेका छन् । सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् भने नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।
गायक रुद्रसेनले भने, "होली पर्वलाई झन् रमाइलो बनाउन ‘होली सररर’ ल्याएको छु । आशा छ, दर्शकलाई मनपर्नेछ ।"
गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।
गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
ताजा समाचार
नवप्रतिभा माध्यमिक विद्यालयको ३८औँ वार्षिकोत्सव, संस्थापकदेखि सहयोगीसम्म सम्मान
६ दिन अगाडि
‘विन्टर क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी
१६ दिन अगाडि
युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
१९ दिन अगाडि
धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा
मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट
को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?