दोलालघाट–सल्ले सडक खण्डमा श्रमदान

दोलालघाट / भुम्लु गाउँपालिका आयोजनामा स्थानीय स्तरमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै दोलालघाट–सल्ले सडक खण्डमा सामूहिक श्रमदान कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाटदेखि सल्लेसम्मको झन्डै ८ किलोमिटर सडक सुधार तथा मर्मतका लागि भुम्लु गाउँपालिका आयोजनामा श्रमदान कार्यक्रम गरिएको हो । सडकको अवस्थाले वर्षायाममा आवतजावतमा कठिनाइ भोग्नु परेको गुनासो आएपछि गाउँपालिका अगुवाइमा श्रमदानको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण बाहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाको कारण हुन सक्ने क्षतिलाई कम गर्न निरन्तर मेसिन तथा मानवीय जनशक्ति परिचालन गरी सम्भावित जोखिम न्यूनीकरण लगायतका कार्य निरन्तर सञ्चालन गरिने छ । यस अभियानमा ५० देखि ७० जनासम्म सहभागी भएका थिए । उनीहरूले सडक छेउमा झाडी फाँड्नेदेखि ढुंगा बोकेर खाल्डाखुल्डी पुर्ने, पानीको निकास सफा गर्ने लगायतका कार्य सम्पन्न गरेका छन् ।
श्रमदान कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ वडा अध्यक्षहरु, कर्मचारी,राजनितिक दलका प्रतिनीधी,सुरक्षाकर्मी, स्थानीय संघसंस्था, स्वास्थ्य संस्था लगायतको उपस्थिति रहेको थियो ।
ताजा समाचार
श्री नं. २६ वाहिनी अड्डा भकुण्डेमा १० औं सैन्य आधार तालिमको दिक्षान्त समारोह
१२ घन्टा अगाडि

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु
८ दिन अगाडि

रोशी आधारभूत अस्पताल हस्तान्तरण
९ दिन अगाडि

धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा

मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट

को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?





