बनेपामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने

बनेपा / बनेपा नगर टेबल टेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । प्रतियोगिता जेठ १५ देखि १७ गतेसम्म काभ्रे बहुमुखी क्याम्पस, कभर्ड हल बनेपामा सम्पन्न हुने छ ।
देशभरका टेबल टेनिस खेलाडीहरूलाई एकै स्थानमा प्रतिस्पर्धा गर्ने अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता सफल बनाउन आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका छन् । प्रतियोगिता विभिन्न उमेर समुह तथा खेलाडीहरुको सहभागिता हुने छ ।
प्रतियोगितामा (१८ भन्दा कम) महिला/पुरुष, पुरुष एकल खुल्ला, पुरुष एकल, पुरुष यु- १६ जूनियर ब्वाइज, गर्ल्स ,भेट्रान महिला/पुरुष एकल (४० वर्ष भन्दामाथि), भेट्रान पुरुष ५५ वर्ष भन्दामाथि विधामा प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रप्रदान गरिने छ ।
ताजा समाचार
श्री नं. २६ वाहिनी अड्डा भकुण्डेमा १० औं सैन्य आधार तालिमको दिक्षान्त समारोह
८ घन्टा अगाडि

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु
८ दिन अगाडि

रोशी आधारभूत अस्पताल हस्तान्तरण
९ दिन अगाडि

धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा

मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट

को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?





