Flash news काभ्रेपलाञ्चोक जिल्लाबाट सञ्चालित बेथानचोक खबर आठ वर्षमा प्रवेश     राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना     पाँचखाल मेयर खरेलले सेवा-सुविधा बापतको भत्ता बाढी प्रभावित पालिकालाई दिने    

मेनुका परीयारको आवाजमा नयाँ गित काटे पलाउँछ सार्वजानिक

सुमधुर आवाजको धनी गायिका मेनुका परीयार र लोक स्वरसम्राट राजु परीयारको आवाजमा मर्मस्पर्शि गित काटे पलाउँछ सार्वजानिक भएको छ । नेत्र अर्यालको शब्द सिर्जनामा राजु सुनामको संगित र संगित संयोजनमा वान.डि.भि. रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड भएको गितको अडियोलाई एच.बि.एन. किस्मतले मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन ।

बियोगान्त कथाबस्तु समेटीएको गित काटे पलाउँछको म्युजिक भिडियोमा ओम बिकलसंगै साया भण्डारीको अभिनय रहेको छ भने भिडियोलाई शिब बि.क.ले निर्देशन गरेका हुन । रक कौशलको छायाकंन र रबिन बि.क.को सम्पादन रहेको गितको भिडियोलाई रंगदर्पण युट्युब च्यानलबाट सार्बजानिक भएको छ ।काटे पलाउँछ गितको अडियो भिडियो रिलिज अगावै टिकटकमा सर्वाधिक चर्चा कमाउन सफल भएको थियो । भिडियोले पनि दर्शकको भरपुर माया पाउने कुरामा निर्माण पक्ष विश्वस्त रहेको छ।

photo
photo
photo
photo
photo