काभ्रेबाट प्रकाशित नव क्षितिज साप्ताहिकको रजत वर्ष

काभ्रे । जिल्लाबाट प्रकाशित नव क्षितिज साप्ताहिक स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको छ ।
‘असल शासनको लागि ग्रामीण पत्रकारिता’ भन्ने नारा दिएर सुरु भएको साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरेको हो । धुलिखेल(११ स्थित दूषित थानी रिसोर्टमा रजत वर्ष गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले शुभारम्भ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले गत असोज १० देखि १२ को अविरल वर्षापछिको बाढी र पहिरोले वी।पी राजमार्गमा पु¥याएको क्षतिको स्मरण गर्दै प्रकृतिको बारेमा कलम चलाउन सञ्चारकर्मीहरूलाई आग्रह गरे । राजनीतिक इतिहासलाई ऐनाको रूपमा प्रस्तुत गर्न सञ्चारमाध्यमलाई अनुरोध गर्दै उनले मुलुकमा गणतन्त्र प्राप्ति पछाडि स्थापित समावेशिताका कारण २५ हजार २ सय २८ जनाले समावेशी कोटामा निजामती सेवा प्रवेश गरेको तथ्य पढ्न पाउँदा आफूलाई खुसी लागेको बताए ।
पत्रिकाको रजत गीत सार्वजनिक गरिएको समारोहमा पत्रिका प्रकाशनमा संलग्न रवीन्द्रनाथ सिग्देल, दीपक राउत, अमृत अधिकारी, प्रलाद दाहाल र राजेन्द्र बजगाईंलाई सम्मान गरिएको थियो ।पत्रिकाका सहसम्पादक अरविन्द्र गौतम २५ हजार रुपैयाँनगदसहित पुरस्कृत भएका छन् ।
कार्यक्रममा पत्रिकाका स्तम्भकार प्रल्हाद दाहालको कृति ‘अनुभूतिको संगालो’ र दिपा गुरुङ ‘समभाव’ को कथा संग्रह ‘कथा काठमाडौँको विमोचन गरिएको थियो ।
ताजा समाचार
डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन जेठ १५ गते
१३ घन्टा अगाडि

दोलालघाट–सल्ले सडक खण्डमा श्रमदान
२ दिन अगाडि

धुलिखेलमा “वाहिनीपति कप” सुरु
४ दिन अगाडि

धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा

मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट

को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?





