मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा
मण्डनदेउपुर /सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । यो संगै देशैभरि स्थानीय निर्वाचनको तयारी सुरु भएको छ ।मण्डनदेउपुर नगरपालिकामा पनि नेकपा एमाले भित्र संभावित नेताको उम्मेदवारीको बारेमा चर्चा शुरु भएको छ।
सामाजिक,राजनितिक,शैक्षिक र सहकारी क्षेत्रमा अब्बल व्यक्तित्व र नेकपा एमाले नेत्री तथा जिल्ला कमिटी सदस्य अम्बिका हमाल आगामी निर्वाचनमा मण्डनदेउपुर नगरपालिकाको नगर उप प्रमुख पदमा दावेदार उम्मेदवारका रुपमा देखिनु भएको छ।अहिले उहाँको बारेमा चर्चा परिचर्चा शुरु भएको छ।उहाँकाे मात्रै चाहनाभन्दा पनि नगरबासीकाे पनि चाहनामा बलियाे दाबेदार र आकांक्षीमा देखिनु भएको छ।
बिगत ३ दशक देखि राजनितिमा होमिनु भएको उहाँले अनेरास्ववियुको विद्यार्थी राजनीति मार्फत आफ्नो राजनीतिक यात्रा अगाडि बढाउनु भयो ।हमालले करिब एक कार्यकाल नेकपा एमाले महादेवस्थान कमिटीको उपाध्यक्ष चलाउनु भइसक्नु भएको छ।अनबरत रुपमा राजनितीमा कृयाशिल रहनु भएको उहाँ हालसालै भएको नेकपा एमाले जिल्ला अधिबेशनबाट अत्याधिक मत सहित नेकपा एमाले जिल्ला कमिटी सदस्यमा बिजयी हुनु भएको छ।
उहाँ मण्डनदेउपुर नगरपालीकाको एक शैक्षिक संस्था लिटिल स्टार बोर्डिङ स्कुलको संस्थापक पनि हुनुहुन्छ।त्यस्तै सहकारी संस्थाहरुमा पनि उहाँको राम्रै संलग्ता रहेको छ।उहाँ मण्डनदेउपुर-०९ मा रहेको पन्चकन्या महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लि. को अध्यक्ष पदमा रहेर पाँच कार्यकाल चलाइसक्नु भएको छ। ठकुरी सहयोग संजाल काभ्रे जिल्ला समितिको अध्यक्ष उहाँ भूमि समस्या समाधान आयोग काभ्रेको निबर्तमान सदस्य समेत रहनु भई सकेको छ।मण्डनदेउपुर नगरपालिकामा सर्वाधिक रुचाइएकी सरल र मिलनसार हमाल सामाजिक,राजनितिक,शैक्षिक र सहकारी क्षेत्रमा पनि अब्बल व्यक्तिमा पर्नुहुन्छ।
दिन रात नभनी महिला अधिकार र महिला समानताको पक्षमा खरो आवाज उठाउने हमालले गरिब ,मजदुर ,किसान र विद्यार्थीको पक्षमा सदैव आवाज उठाउँदै आउनु भएको छ। पद भन्दा पनि सामाजिक काम गर्नलाई अग्रसर हुने नेत्री हमाल एमाले पार्टिको लागि मात्र नभई सम्पुर्ण नगरवासीका बीचमा निक्कै लोकप्रिय हुनुहुन्छ।
नेकपा एमालेबाट नगर उप प्रमुखमा सबैभन्दा बलियो दाबेदारको सुचीमा अम्बिका हमाल रहनु भएको मण्डनदेउपुर नेकपा एमालेका एक नेताले जानकारी दिनु भयो ।
ताजा समाचार
रेडक्रस सोसाइटी काभ्रेमा देवेन्द्र भैलको प्यानल विजयी
१७ दिन अगाडि
गायक राजु लामा र गायिका त्रिशला गुरुङको ‘तिम्रा पाइलाहरु’ गीत सार्वजनिक
१ महिना अगाडि
पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको सेवा-सुविधा बापतको रकम राहत कोषमा सहयोग गर्…
१ महिना अगाडि