पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको सेवा-सुविधा बापतको रकम राहत कोषमा सहयोग गर्ने
काभ्रे / पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवा-सुविधा बापत आउने रकम बाढी-पहिरो प्रभावित पालिकालाई दिने घोषणा गर्नु भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकबाट नगर प्रमुख खरेलले तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने रु १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गर्नुभएको हो । उहाँले सो रकम काभ्रेपलान्चोकका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताउनुभयो ।
पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी जिल्लामा ७८ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकमा ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।
ताजा समाचार
रेडक्रस सोसाइटी काभ्रेमा देवेन्द्र भैलको प्यानल विजयी
१७ दिन अगाडि
गायक राजु लामा र गायिका त्रिशला गुरुङको ‘तिम्रा पाइलाहरु’ गीत सार्वजनिक
१ महिना अगाडि
पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको सेवा-सुविधा बापतको रकम राहत कोषमा सहयोग गर्…
१ महिना अगाडि