तीन दिने विपद् अनुशिक्षण तालिम बनेपामा सुरु

बनेपा / बनेपा नगरपालिकामा तीन दिने विपद आधारभूत स्वयंसेवक परिचालन र सूचक तालिम सुरु भएको छ ।
विपद् प्रतिकार्यसम्बन्धी पूर्वतयारी र प्रतिकार्यका विषयमा शिक्षा दिने उदेश्यले सशस्त्र प्रहरी बल १५ नम्बर गणको आयोजना तथा बनेपा नगरपालिकाको सहकार्यमा तालिम सुरु भएको हो । बनेपा नगरपालिकाको समन्वयमा सञ्चालित उक्त तालिममा बनेपा नगरपालिकाका प्रत्येक वडाबाट ४र४ जना र नगर प्रहरीहरुलाई समावेश गरिएको छ । तालिममा भूकम्प, बाढीपहिरो, आगलागी जस्ता प्राकृतिक तथा मानवसिर्जित विपद् सम्बन्धी जोखिम न्यूनीकरण र आपतकालीन उद्धार कार्यका बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले विपद् पूर्व तयारी, सचेतना र सहकार्यका माध्यमबाट क्षति न्यूनीकरण गर्न सकिने बताए । उनले विपद्को समयमा समुदायमा रहेका युवाहरु आफैँ सक्षम र सजग हुनु आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहालले विपद् आउनुभन्दा पहिले पूर्वतयारीमा लाग्न युवाहरुलाई यो तालिम आवश्यक भएको बताईन् । उनले विपत्तीमा युवाहरुको सीप र दक्षतालाई प्रयोग गरेर क्षती कम गर्न सकिने बताईन् ।
तालिममा नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसम्बन्धी विज्ञहरूबाट प्रशिक्षण दिइँदैछ। तालिम पश्चात सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ र उनीहरूलाई स्थानीयस्तरमा विपद् व्यवस्थापन टोलीको रूपमा परिचालन गरिने नगरपालिकाले जनाएको छ ।
ताजा समाचार
आत्मनिर्भर सहकारीले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री
१७ घन्टा अगाडि

रोशी पूर्ण खोप सूनिश्चत तथा दिगोपना गाउँपालिका घोषणा
१ दिन अगाडि

खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा
२ दिन अगाडि

धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा

मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट

को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?





