रोशी पूर्ण खोप सूनिश्चत तथा दिगोपना गाउँपालिका घोषणा

अमलटार । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
मंगलबार जिल्ला खोप समन्वय संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा घोषणा भएको हो । रोशी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्दै जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकका प्रमुख गौतमले विकासको पहिलो आधार भनेको स्वास्थ्य रहेको र स्वास्थय रहनको लागि पूर्ण खोप लगाउनुपर्ने बताए । पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीहरुको योगदानको प्रशंसा गर्दै स्वास्थ्यकर्मीहरु एक प्रकारको भगवाननै भएको उनले बताए । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले विगतमा बालबालिकाको मृत्यु दर र अहिलेको मृत्यु दरमा धेरै फरक रहेको बताउदै त्यसो हुनुमा पूर्ण खोपकै प्रभाव रहेको बताए । पूर्णखोप सुनिश्चितता घोषणा गर्नु भन्दा दिगोपना दिन महत्वपूर्ण काम रहेको बताउदै दिगोपनाका लागि प्रतिबद्ध हुन सबै सरोकारवालाहरुलाई अनुरोध गरे ।
सो कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम तय गर्दै आएको र आगामी दिनमा पनि प्राथमिकता दिदै जाने बताए । रोशीका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ६० बर्ष नाघेका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको उनको भनाई छ । ‘पूर्ण खोप सुनिश्चिततामा दिगोपना दिन सक्यौँ भने मात्र घोषणाले सार्थकता पाउनेछ । त्यसकारण बजेट व्यवस्थापनमा हामी जनप्रतिनिधिहरु लाग्छौँ कार्यान्वयनमा कर्मचारीहरु लाग्नुहोस’, अध्यक्ष लामाले बताए ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा मात्र हैन दिगोपना दिनको लागि पनि प्रतिबद्ध रहेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रशाद भन्तनाले पूर्ण खोप सुनिश्चितता घोषणाको लागि फागुन महिनादेखि सर्वेक्षणमा लागिपरेको बताए ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप निरिक्षक पार्थमणी न्यौपानेले स्वस्थ नागरिक बनाउनको लागि पूर्णखोप सुनिश्चित हुनुपर्ने बताए । वडादेखी पालिका, जिल्ला र प्रदेश हुँदै देश पुर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा हुने प्रक्रियामा रहेको उनको भनाई छ । नेपाली कांग्रेस रोशी गाउँपालिका सभापति दुधराज घलानले पूर्ण खोप सुनिश्चित घोषणा गर्नुमा स्वास्थ्य स्वयमसेवीकाको महत्वपूर्ण भूमिका रहेको बताए ।
उक्त कार्यक्रममा वडा न ६ का वडाध्यक्ष नारायण बहादुर सिवाकोटी, वडा न ७ का कार्यबाहक वडाध्यक्ष रिता कोइराला, बरिष्ठ लेखा अधिकृत दण्डपाणि पौडेल, शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी रोशीका सभापति विशाल लामा लगायत स्वास्थ्यकर्मी, कर्मचारी स्थानीयहरुको उल्लेखनीय उपस्थिती रहेका थिए ।
रोशी गाउँपालिका भित्र पूर्ण खोप सुनिश्चितताका लागि सर्वेक्षण गरेका थिए । सर्वेक्षणमा १५ महिना मुनिका बालबालिका २२७ जना रहेकोमा सबै बालबालिका पूर्ण खोप सुनिश्चित र १९१ जनाले पूर्णखोप प्राप्त गरेको पाइएको थियो । १५ देखि ५९ महिनाको ९८३ जना बालबालिकाको सर्वोक्षण गरेकोमा सबै पूर्ण खोप सुनिश्चित भएको थियो ।
काभ्रे जिल्लामा १३ पालिका रहेकोमा ११ वटा पालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीसकेको छ भने बेथानचोक र चौरीदेउराली गाउँपालिका मात्र घोषणा हुन बाँकी रहेको छ । ती दुई पालिकाको पनि घोषणा सकेर तत्काल जिल्ला घोषणा गर्ने तयारी भएको छ ।
रोशी गाउँपालिकाको १२ वटै वडाले र गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र प्राप्त गरेको छ । घोषणालाई दिगोपना दिन प्रतिबद्ध भएर हस्ताक्षर गरेका थिए ।
ताजा समाचार
आत्मनिर्भर सहकारीले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री
१७ घन्टा अगाडि

रोशी पूर्ण खोप सूनिश्चत तथा दिगोपना गाउँपालिका घोषणा
१ दिन अगाडि

खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा
२ दिन अगाडि

धेरै पढिएको
मण्डनदेउपुर नगरपालिकाको उप प्रमुखको पदमा अम्बिका हमालको चर्चा परिचर्चा

मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट

को हुन त उपेन्द्र श्रेष्ठ,किन बने उनी उम्मेदवार?





