Flash news काभ्रेपलाञ्चोक जिल्लाबाट सञ्चालित बेथानचोक खबर आठ वर्षमा प्रवेश     राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना     पाँचखाल मेयर खरेलले सेवा-सुविधा बापतको भत्ता बाढी प्रभावित पालिकालाई दिने    

पाँचखालमा राष्ट्रियस्तरको खुल्ला सोतोकान कराते प्रतियोगिता हुने

बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा राष्ट्रियस्तरको खुल्ला सोतोकान कराते प्रतियोगिता हुने भएको छ ।

विगतमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने गरेको पाँचखालको यो पटक भने खुल्ला राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले उल्लेख गरेको छ । आगामी जेठ ३० र ३१ ग्ते पाँचखालस्थित श्रीकृष्ण पार्टी प्यालेसमा हुने प्रतियोगितामा ३०० जना खेलाडीको सहभागिता हुने लक्ष्य राखिएको छ ।

सोमबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै सोतोकान कराते काभ्रे शाखाले प्रतियोगिताको बारेमा जानकारी दिएको छ । १४ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा पाँचखाल नगरपालिकाले २ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी अरु रकम सहयोगी शुभचिन्तकसँग संकलन गरेर प्रतियोगिता आयोजना गर्ने आयोजकले जनाएको छ ।

२६ बिधामा स्पर्धा हुने प्रतियोगितामा सात जिल्लाका खेलाडीले सहभागिता जनाउने आयोजकले उल्लेख गरेको छ । विभिन्न किलो समुहमा प्रतिस्पर्धा हुने प्रतियोगिताले काभ्रेको नाम राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पुग्ने विश्वास लिईएको छ । सोतोकान करातेका राष्ट्रिय प्रशिक्षक धिर्जेमान तामाङले पाँचखालमा ठूलो प्रतियोगिता आयोजना गरेर नयाँ सन्देश दिन खोजेको बताउनुभयो । उहाँले यो बर्ष राष्ट्रिय र त्यसबाट सिकेर अर्काे बर्ष अन्तराष्ट्रिय खेल आयोजना गर्ने बताउनुभयो । सोतोकान कराते युरोपियन देश हंगेरीबाट विकास भएको हो । हरेक बर्ष यसको वल्डकप समेत हुनेगर्दछ । युरोपमा निक्कै लोकप्रिय यो खेल पछिल्ला समय एसियामा समेत प्रशिद्ध बनिरहेको छ । विश्वका ३८ देशमा शाखा विस्तार भएको यो खेल नेपालका सात वटा नै प्रदेशका पुगेको छ ।

पत्रकारसम्मेलनमा आयोजक समितिका राजु दनुवार, गणेशबहादुर दनुवार, राममणि काफ्ले, सम्मान श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, मोहन गजुरेलले खेल र प्रतियोगिताको बारेमा आफ्नो धारणा राखेका थिए ।

photo
photo
photo
photo
photo